Incident Reports

बिष्फोटक पदार्थ सहित पक्राउ

2017-11-02

Karnali, Jajarkot, Barekot

जाजरकोट नायकवाडा गाउँपालिका–२ बस्ने ३५ बर्षीय दल बहादुर कामीलाई डेटोनेटर ७ थान, सेफ्टी फ्युज १ मिटर, नेपाली र भारतीय रुपैया गरी १ लाख ९ हजार, नक्कली चावी सहितको चाईनिज हतकडी १ थान, मोबाईल ४ थान, सोको चार्जर १ थान, चक्कु १ थान , हथौडा १ थान , ठुलो हँसिया १ थान ,बिद्युत स्विच २ थान, कम्ब्याट ड्रेस लगायतका सामान सहित प्रहरीले विहीबार पक्राउ गरेको छ । गंगा नगरपालिका–१२ छिन्चु बजारमा शंकास्पद रुपमा हिंडिरहेका कामीलाई प्रहरीले उक्त सामान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments