Incident Reports

डिभिजन सडकमा ताला

2017-11-14

समयमै भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले दोलखास्थित डिभिजन सडक कार्यालयमा ताला लगाएका छन् । साउन महिनामै पाउनुपर्ने करिब ७ करोड भुक्तानी रोकिएकाले मंगलबारदेखि तालाबन्द गर्नुपरेको निर्माण व्यवसायीले बताएका छन् । चरिकोट–दोलखा, कृषि बजार, जिरी सडक सुधारलगायतका कामको भुक्तानी रोकिएको कार्यालयको भनाइ छ । डिभिजन सडक प्रमुख अशोक तिवारीले अर्थमन्त्रालयले निकासा नपठाएकाले काम सम्पन्न गरेका निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकिएको बताए । प्रहरीको सहयोगमा ताला तोडेर काम सञ्चालन गरिने उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments