Incident Reports

स्वास्थ्यचौकी सार्न लागिएको भन्दै विरोधमा स्थानीय बासिन्दा

2017-11-16

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 5

स्वास्थ्यचौकी सार्न लागिएको भन्दै खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका स्थानीय बासिन्दाले विरोध जनाएका छन् । लफ्याङको मेघेचौरामा रहेको स्वास्थ्यचौकीलाई झण्डै दुई किलोमिटर तल मोहोरियामा सार्न लागिएको भन्दै असन्तुष्ट स्थानीय बासिन्दाले विरोध जनाएका हुन् । छलफल नै नगरी स्वास्थ्यचौकी सार्न लागिएको विरोधमा असन्तुष्ट स्थानीय बासिन्दाले बिहीबार स्वास्थ्यचौकीमा ताला लगाएर नाराजुलुस लगाउँदै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । सूचना टाँस गरेर निःशुल्क जग्गाका लागि आह्वान गरिएपछि साबिकको स्वास्थ्यचौकी नजिक बाबुराम राई र विजय राईले पाँच रोपनी जग्गा दिन तयार भए पनि स्वास्थ्य सहयोग समितिका अध्यक्ष रहेका वडाअध्यक्ष निर्मल राईले स्वास्थ्यचौकी सार्न खोजेको स्थानीय बासिन्दा प्रेम कटुवालले बताउनुभयो । स्वास्थ्य सहयोग समितिले भने शान्तिशोभा राई र चरी राईले मोहोरियामा दिएको जग्गा बुधबार स्वास्थ्यचौकीको नाममा पास गराएपछि विरोध गरिएको स्थानीय बासिन्दाले बताएका छन् । आफूहरुले साबिकको स्वास्थ्यचौकी नजिक जग्गा दिन खोज्दा स्वास्थ्य सहयोग समितिले निवेदन लिन नै अस्वीकार गरेको असन्तुष्ट पक्षको आरोप छ । वडाअध्यक्ष निर्मल राईले भने सर्वदलीय बैठककै निर्णयअनुसार नै स्वास्थ्यचौकी सार्नका लागि जग्गा पास गरेको बताउनुभयो । यता, सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले नाराजुलुससहित प्रशासन पुगेको टोलीलाई तत्काल ताला खोलेर सेवा सञ्चालन गराउन अनुरोध गर्नुभएको बताइएको छ । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jumla

0 Comments