Incident Reports

अधिकारी दम्पतीलाई मानसिक अस्पतालमा राखिएकोप्रति शान्ति समितिको चासो l

2013-07-09

Ramesh Prasad Timalsina ललितपुर । ०७० असार २४ गते द्वन्द्वमा आफनो छोरालाई विना कारण हत्या गरिएको र सम्पति कब्जा गरिएको भनी अनसन बसेका दम्पतीलाई जबरजस्ती मानसिक अस्पतालमा राखिएकोप्रति स्थानीय शान्ति समिति ललितपुरले चासो देखाएको छ । शान्ति समितिका सँयोजक मदनबहादुर अमात्यले असार २४ गते पीडितहरुलाई भेट गरी चासो व्यक्त गरेका हुन् । पाटनस्थित मानसिक अस्पतालमा करिब एक महिनाअघि भर्ना गरिएका गोर्खाका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई शान्ति समितिका संयोजक तथा अन्य सदस्यहरुले भेट गरी स्वास्थ्य अवस्था बुझेका हुन् । नेपाली काँग्रेस ललितपुरका सभापतिसमेत रहेका अमात्यले द्वन्द्वपीडितलाई भेटी द्वन्द्वपीडितको विषय उच्चस्तरीय राजनीतिक समितिको समेत ध्यानाकर्षाको विषय भएकाले आफूले न्याय दिलाउन पहल गर्ने दृढता व्यक्त गरेका छन् । मानसिक अस्पतालले द्वन्द्वपीडित बिरामीहरुलाई भेटमा समेत रोक लगाएकोमा नेपाल पत्रकार महासंघ ललितपुरका सचिव अमृतनाथ तिमल्सिनाले कडा आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले पत्रकार तथा सञ्चार माध्यमलाई रोक लगाएकोप्रति आपत्ति जनाउँदै पीडितहरुलाई न्याय दिलाउने अभियानमा लागेका सञ्चारकर्मीहरुलाई निर्वाध प्रवेश र भेट व्यवस्था मिलाउन अस्पतालसमक्ष आग्रहसमेत गरेका छन् । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports