Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2017-11-25

Karnali, Mugu, Soru, Ward 1

सोरु गाउँपालिका–१ जमल धारा बस्ने २३ वर्षीय धीरजंग मल्ललाई १ थान भरुवा बन्दुक सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा भरुवा वन्दुक लुकाई छिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ खटि गएको प्रहरीले लाइसेन्स समेत नभएको उक्त बन्दुक बरामद गरी उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments