Incident Reports

सप्तरीमा कटुवा पेस्तोलसहित चारजना पक्राउ

2017-11-27

Madhes, Saptari, Chhinnamasta

RSS सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित सकरपुराबाट प्रहरीले एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सकरपुरास्थित एक घरमा मदिरा खाइरहेको अवस्थामा उनीहरुलाई गएराती ८ः३० बजे एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीन राउण्ड गोलीसहित पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पक्राउ परेकाको नाम प्रहरीले खुलाएको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिँहले बताए ।
National/Online Media , Local Newspaper - Parsa , Police website , Local Newspaper - Dhanusha

0 Comments