Incident Reports

विभिन्न हातहतियार सहित पक्राउ

2017-11-28

Lumbini, Banke, Duduwa, Ward 6

डुडुवा गाउँपालिका–६ स्थित बलदिपुरुवाबाट भारत जिल्ला बहराईच रुपैडिहा केवलपुर बस्ने ५३ वर्षीय पर्शुराम पासीलाई निजले लुकाई छिपाई ल्याएको कटुवा पेस्तोल २ थान सहित क्षेत्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय हिरमुनियाको संयुक्त टोलीले सोमबार पक्राउ गरेको छ । डुडुवा–६ बस्ने ५० वर्षीय राजेन्द्रकुमार लोहनियाले उक्त हतियार मगाएको खुल्न आएपछि उनको खानतलासी गर्दा १ थान भरुवा बन्दुक लोड गरेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ । हाल फरार रहेका राजेन्द्रकुमारको खोजी कार्य भइरहेको छ ।
Other Sources , Police website , Local Newspaper - Banke

0 Comments