Incident Reports

हातहतियार सहित पक्राउ

2017-11-30

Lumbini, Dang, Tulsipur, Ward 1

तुलसीपुर उपमहानगरपालिका–१ ठाँटीगाउँ बस्ने ४३ वर्षीय रामबहादुर खत्रीलाई अबैध १ नाल भरुवा बन्दुक, ५० ग्राम बारुद, ५ थान छर्रा र केप बनाउन प्रयोग हुने कागज सहित बुधबार सोही ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । खत्रीको झोलाबाट उक्त बारुद, छर्रा र कागज ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरीले फेला पारी सोधपुछ गर्दा भरुवा बन्दुकमा प्रयोग गर्न उक्त सामान बोकी ल्याएको खुलाए पश्चात उनकै घरमा रहेको भरुवा बन्दुक समेत बरामद गरी उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments