Incident Reports

ठूलो परीमाणमा विस्फोटक पदार्थ बरामद

2017-12-02

Lumbini, Rupandehi, Butwal

विभिन्न स्थानमा विष्फोटका घटनासँगै विष्फोटक पदार्थहरु प्रहरीले बरामद गरेको छ । रुपन्देहीको बुटवलमा गम्भीर प्रकृतिको विष्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा कडा चेकजाँच पछि बुटबलमा डेटोनेटर सहित अत्याधिक मात्रामा विष्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय बुटबलले जनाएको छ । २ सय ५० थान डेटोनेटर फेला परेको हो । १८ सि–एमको ठूलो परीमाणमा विद्युतीय डेटोनेटर बरामद गरिएको हो । यो विष्फोटक पदार्थ ठूला चट्टान फुटाउन प्रयोग हुने प्रहरीले जनाएको छ । विष्फोटक पदार्थबारे प्रहरी प्रधान कार्यालय सहित सेनालाई समेत जानकारी गराइएको र थप अनुसन्धान भइरहेको बुटवल प्रहरीले जनाएको छ ।
National/Online Media

0 Comments