Incident Reports

कर्मचारी सरुवाले विवाद, वडाध्यक्षले लगाए अधिकृतको कक्षमा ताला

2017-12-17

Bagmati, Dolakha, Bhimeshwor

कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् । दोलखाको भीमेश्वर नगरपािलकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी सचिवलाई आफ्नो सहमतिविपरीत सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका हुन् । वडाध्यक्ष शिवाकोटीले वडाका सचिव भीमबहादुर बस्नेतलाई आफ्नो सहमतिविपरीत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर नेपालले सरुवा गरेपछि कार्यालयमा ताला लगाइदिएको बताए । भीमेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शंकर नेपालले वडालाई पत्र लेख्दै वडा सचिव भीमबहादुर बस्नेतलाई वडा नं ३ बाट ५ मा कामकाजका लागि खटाइएको भन्दै सरुवा गरेर सहायकस्तर पाँचौँका लक्ष्मी कार्कीलाइ वडा नं ३ मा सरुवा गरेपछि भीमेश्वर नगरपालिकामा कर्मचारी सरुवा विवाद शुरु भएको हो । अधिकृत नेपाल कर्मचारीको सरुवाका विषयमा विवाद बढ्न थालेपछि काठमाडौँ गएको नगरपालिकाका कर्मचारी बताउँछन् । अधिकृत नेपालले जिविसमा रहँदा झोला, फर्निचर, अन्य जिविसका सामग्री, मोटरसाइकल खरिदलगायतमा व्यापक घोटाला गरेको जिविसका कर्मचारीले नै आरोप लगाउने गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Chitwan

0 Comments