Incident Reports

धनकुटामा आम हडतालले जनजीवन प्रभावित

2017-12-18

१ को राजधानी धनकुटा कायम गरिनु पर्ने माग राख्दै आन्दोलनरत पक्षले सोमबार आह्वान गरेको आम हडतालले यहाँको जनजीवन प्रभावित बनेको छ । धनकुटामा बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दकर्ताले विशेषगरी यातायात, बजार, पसल, कलकारखाना ठप्प पारेका छन् । बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चलेका छैनन् । धनकुटा नगरपालिका–७ स्थित जिरो प्वाइन्टमा बन्दकर्ताले प्रदर्शन गरेका छन् । उनीहरुले मोटरसाइकल समेत चल्न दिएका छैनन् । बन्दका कारण लामा छोटा दुरीमा चल्ने सवारी साधन चलेका छैनन् । धनकुटा भएर भोजपुर, संखुवासभा, तेह्रथुम जिल्लामा सञ्चालन हुने सवारी साधन पनि ठप्प छन् । तर प्रेस, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन र शिक्षण संस्था सञ्चालनमा भने अवरोध नगरिने संघर्ष समितिका संयोजक उमेश घिमिरेले जानकारी दिए । राजधानीको माग गर्दै आएका स्थानीयबासीले धनकुटामा चार दिनदेखि दिनहु प्रदर्शन गर्दै आएका छन् । पर्याप्त पुर्वाधार रहेको तथा राणाकालदेखि हालसम्म पुर्वको मुख्य प्रशासनिक थलोको रुपमा स्थापित धनकुटालाई प्रदेशको राजधानी कायम गरिनु पर्ने स्थानीयको मख्य माग रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis