Incident Reports

कुटिए जनप्रतिनिधि !

2017-12-24

Karnali, Jumla, Tatopani

जुम्लामा जनप्रतिनिधि नै कुटिएका छन् । तातोपानी गाउँपालिका –२ नम्बर वडाका सदस्य डाँगीवाडाका मुनबहादु डाँगीलाई निर्घात कुटपिट भएको छ । उनलाई सोही वडाका विष्णु अधिकारी, प्रेम अधिकारी र टंक अधिकारीले सामुहिकरुपमा कुटपिट गरेका हुन् । वडा सदस्यको हैसियतले हिमशिखर माध्यामिक विद्यालय तातोपानीको योजना तुर्जका लागि बैठकमा गएका बेला सार्वजनिक बाटोको विषयलाई लिएर कुटपिट भएको पीडित डाँगीले बताए । सार्वजनिक स्थानमा चरित्र हत्या हुने गरी गालीवेइज्जती गर्दै एक्कासी आक्रमणमा उत्रिएको उनले बताए । आरोपित तिनै जनाले सामुहिकरुपमा लछारपछार गरी जमीनमा बझार्दा नाकबाट खुन आएको र उनलाई मरणासन्न हुनेगरी कुटपिट गरेको स्थानीय रामबहादुर रावलले बताए । सांघातिक आक्रमण गरी कुटपिट गर्नेलाई सार्वजनिक अपराध ऐन अनुसार हदैसम्मको कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ । उनलाई गत आइतबार दिउँसो निर्घात कुटपिट भएको थियो भने प्रहरीमा मंगलबार जाहेरी दर्ता भएको छ । उजुरीका आधारमा आक्रमणमा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आक्रमणबाट घाइते डाँगीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारपछि घर फर्किएका छन् । भने, उनको नाक र अन्य शरिरमा चोटपटक लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Jumla

0 Comments