Incident Reports

‘रोजीरोटी नखोसियोस्, विकल्प दिइयोस्'

2017-12-22

Province 1, Morang, Uralabari

मुख्य राजमार्गमा सिटी सफारी चलाउन रोक लागेपछि रोजीरोटी गुम्ने चिन्तामा परेका चालकहरू आन्दोलित भएका छन्। मोरङको उर्लाबारीमा शुक्रबार उनीहरूले ‘गरिखान देऊ' भन्दै जुलुस निकाले। कुनै विकल्पबिना यो नियम नमान्ने उनीहरूले बताए। ‘बैंकबाट ऋण लिएर रिक्सा जोडें, पैसा तिरिसकेको छैन', दमक-५ का मित्रबहादुर बस्नेतले भने, ‘चलाउनै नदिने हो भने हामी कसरी बाँच्नु ? ' दमककै शेरबहादुर राईले सिटी सफारी किनेको एक वर्ष पुगेको छैन। आफूसँग भएको एक लाख र बैंकबाट ऋण लिएर तीन लाख ६० हजारमा उनले सिटी सफारी किनेका थिए। अझै डेढ लाख ऋण तिर्न बाँकी छ। ‘नियम मान्न हामी तयार छौं तर विकल्प पनि दिनुपर्‍यो', उनले भने। दमक-२ का ४६ वर्षीय चन्द्रबहादुर धिमाल साउदीबाट पाँच वर्षमा फर्किए। ‘उताको कमाइ खासै बचाउन सकिनँ तर भएको थोरै अनि त्यसमा अरू पैसा थपेर रिक्सा किनें। अहिले त्यसकै कमाइले परिवार चलेको छ', उनले भने, ‘विदेश नगई यतै गरी खाऊँ भनेर रिक्सा चलाउन थालें। अब कुदाउनै नदिने हो भने हाम्रो जीवन कसरी अघि बढाउने ? ' उनले रिक्सा चलाउन थालेको १६ महिना भयो। दिनको एक हजार रुपैयाँसम्म कमाइ भएको उनले सुनाए। सफारी चालकले दर्ता प्रक्रियाको दोहोरो मारले पनि समस्या भएको गुनासो गरेका छन्। नगरपालिका र यातायात व्यवस्था विभाग दुवै ठाउँमा दर्ता गर्नुपर्दा समस्या भएको उनीहरूको भनाइ छ। स्थानीय निकाय ऐन २०५५ अनुसार टाँगा तथा ठेलागाडा नगरपालिकाले नै दर्ता गर्ने प्रावधान छ। मेची यातायात व्यवस्था कार्यालय प्रमुख जर्नादन भट्टराईले सफारी एउटा इन्जिनबाट चल्ने सवारी साधन भएकाले यसको दर्ता सवारी ऐनअन्तर्गत हुने गरेको बताए। भने, ‘नगरपालिकालाई सडकको संरचना हेरेर सिफारिस दिन अनि संख्या निश्चित गर्न गरिएको निर्देशनअनुसार नै हामीले दर्ता गर्ने हो।' चाहिनेभन्दा बढी सिटका सफारी सडकमा गुड्न थालेपछि व्यवस्थित गर्न मुख्य राजमार्गमा कुद्न नदिने नियम ल्याएको उनले बताए। साविक मेची अञ्चलमा मात्र सिटी सफारी र टेम्पो गरी चार हजार तीन सय ८३ वटा दर्ता भएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate , Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jhapa

0 Comments