Incident Reports

कर्मचारी काम छाडेर घाम तापेपछि धनगढी उपमहानगरपालिकामा तालाबन्दी

2017-12-26

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । कार्यालयमा कर्मचारी नभेटिएपछि सेवाग्राहीले कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । कार्यालय समयमा कर्मचारीहरु दैनिक अनुपस्थित नहुने गरेको गुनासो आएपछि सेवाग्राही सेवा लिन कार्यालय पुग्दा कोही नभेटिएपछि कार्यालयको मूल गेटमा तालाबन्दी गरिएको धनगढी जुगेडाकी सुशीला भाटले बताउनुभयो । धनगढी उपमहानगरपालिका वडा नम्बर–३, का स्थानीयबासिन्दा अमित चन्दले कार्यालयमा भएका कर्मचारी पनि काम छोडेर घाम तापेर बस्ने गरेको आरोप लगाउनुभयो । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख कार्यक्रम बाहिर जाने र अरु कर्मचारी पनि कार्यालयमा नबस्दा आफूहरुको स–सानो काम समेत नहुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । धनगढी उपमहानगरपालिकामा केही दिनयता दर्ता–चलानी फाँटका कर्मचारी र राजस्व संकलन गर्ने कर्मचारी मात्रै भेटिने गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kailali

0 Comments