Incident Reports

सडक निर्माणको विवादमा बजार बन्द

2017-12-27

Sudurpashchim, Bajhang, Jaya Prithivi

चैनपुर बजारका व्यापारीहरुले शून्य बिन्दुबाट सडक निर्माण गर्नुपर्ने माग राख्दै नारा जुलुस सहित बजार बन्द गरेका छन । जयपृथ्वी नगरपालिकाले शुन्य बिन्दुबाट सडक निर्माण नगरी जथाभाबी टिनका पसलमा डोजर लगाएपछि व्यापारीहरुले आन्दोलित भएर नारा जूलुस सहित चैनपुर बजार बन्द गरेका हुन । आज चैनपुरका व्यापारीहरुले शुन्यबिन्दुबाट सडक निर्माण गर्न तथा विद्युत, खानेपानी जस्ता विकासका पूर्वाधारहरुको व्यवस्थापन गर भन्दै नारा जूलुस गरेका थिए । नगरपालिकाले मापदण्ड नबनाएर सिधै टिनका पसलहरुमा डोजर प्रयोग गरी चैनपुरका धेरै पसलहरुमा भत्काएपछि व्यापारीहरु आन्दोलित भएको स्थानिय व्यापारी नरेन्द्र खडकाले बताए । जयपृथ्वी नगरपालिकाको सडक फराकिलो पार्ने काम सरानिय भएको तर मापदण्ड बनाएर नगरपालिकाले शुन्य बिन्दुबाट कच्चि तथा पक्की घर सबै फालेर सडक फराकिलो पार्नुपर्ने उनको भनाइ छ । जयपृथ्वी नगरपालिकाले नगरलाई स्वच्छ, सुन्दर, हराभरा तथा सडक फराकिलो पार्ने कामको चैनपुरबासीहरुले स्वागत गरेका छन तर सडकमा परेका पक्की घर बचाउने र सडक भन्दा टाढा रहेका टिनका पसलहरु मात्र हटाउने कामको बिरोध गरेका हुन् । हालै भोट दिएर विजयी बनाएका जनप्रतिनिधीहरुले नै आफूहरुको गुजारा खोस्न लागेको चैनपुरका व्यापारी लोकेन्द्र खडकाले बताए । चैनपुरका व्यापारीहरुले आजै नगरपालिकालाई मापदण्डमा रहेर सडक निर्माण गराउन ज्ञानेन्द्र बहादुर सिंहको संयोजकत्वमा २१ सदस्यीय सङघर्ष समिति गठन गरेको छ । नगरपालिकाले यसरी सिधै डोजर प्रयोग गर्दा सानो लगानीमा व्यवसाय गरीरहेका व्यापारीहरु विस्थापित हुने भएका छन् । चैनपुर बजारमा नगरपालिकाले भनेअनुसार ७ मिटरको सडक निर्माण गरे चैनपुर बजारका झण्डै ५०/६० घर भत्काउनुपर्ने अवस्था रहेको छ । यता जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीले बजार अव्यवस्थित भएकाले बजारमा रहेका टिनका पसलहरुमा डोजर प्रयोग गरेको बताइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments