Incident Reports

स्थानीय तहको नाम व्यक्तिको राख्दा विरोध

2017-12-27

Lumbini, Rolpa, Suwarnabati

पूर्वी रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम फेर्न गरिएको प्रस्तावको विपक्षीले विरोध गरेका छन् । स्थानीय तहको नाम र केन्द्र फेर्न ६ महिनाभित्र प्रस्ताव गर्न सकिने प्रावधानअनुसार जिल्लाका तीन वटा गाउँपालिकाले नाम र केन्द्र फेर्न प्रस्ताव गरेका हुन् । सुवर्णावती र सुकीदहमा भने विरोध भएको छ । सुवर्णावती गाउँपालिकाको नयाँ नाम‘सुनील स्मृति गाउँपालिका’राख्ने प्रस्तावपछि कांग्रेस समर्थित पदाधिकारीले असहमति जनाएका हुन् । उनीहरुले सडकमै उत्रेर विरोध सुरु गरे । नाम र केन्द्र फेर्न सकिने प्रस्तावको निर्णय गरिसक्नु पर्ने समय शुक्रबारसम्मको हो । सर्वसम्मत वा बहुमतको निर्णयका आधारमा स्थानीय तहले एक पटकसम्ममा नाम र केन्द्र फेर्न सकिने प्रस्ताव ६ महिनाभित्रमा गरिसक्ने प्रावधानअनुसार शुक्रबारसम्म ६ महिना पुग्दैछ । नाम र केन्द्र फेरिएको प्रस्तावबारे रोल्पाका दुई वटा गाउँपालिकामा चर्को विरोध भइरहेको छ । सुवर्णावती गाउँपालिका-४ का अध्यक्ष गञ्जबहादुर क्षत्रीले नाम नफेर्न गरिएको आग्रहलाई गाउँपालिका अध्यक्षसहितले लत्याइदिएपछि सडकसम्मै पुगेर विरोधका कार्यक्रम थालिएको बताए । माओवादी सशस्त्र द्वन्द्वमा मारिएका रोल्पाको गजुल निवासीपूर्व लडाकु कमाण्डर किमबहादुर थापाको स्मृतिमा गाउँपालिकाको नयाँ नाम ‘सुनील स्मृति गाउँपालिका’ राख्न प्रस्ताव गरिएपछि साताअघिदेखि सुवर्णावतीमा विरोधका कार्यक्रम भइरहेका छन् । विरोध स्वरुप जनप्रतिनिधि र सर्वसाधारणले र्‍याली, कोणसभा र लिखित असहमति जनाउँदै आएका छन् । गाउँपालिकाको नाम सुवर्णावती अर्थपूर्ण रहेको र फेर्नै पर्ने भएमा चतुर्भुज, लुङ्ग्रीमाडी वालिस्ने राख्न सकिने उनले सुझाए । गत असारमा भएको स्थानीय तह निर्वाचनमा सुवर्णावती गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित बहुमत सदस्यमा माओवादीले जितेको थियो । अध्यक्ष गुणेन्द्र घर्तीमगरले विपक्षीले उठाएको जायज मागबारे सम्बोधन गर्न तयार रहेको बताए । उनले विरोध गर्न पाइने अधिकार सुरक्षित भए पनि बहुमतले गरेको निर्णयलाई पनि मान्नु पर्ने तर्क गरे । गाउँपालिकाका सबै ४४ सदस्यमध्ये १९ सदस्य कांग्रेसमा छन् । गाउँपालिकाको केन्द्र मिझिङ गाउँबाट सुलीचौर बजारमा फेर्न गरिएको प्रस्तावबारे भने विरोध भएको छैन । यस्तै पश्चिमी रोल्पाको सुकीदह गाउँपालिकाको नाम र केन्द्र फेर्न गरिएको प्रस्तावको समेत विरोध भएको छ । गाउँपालिकाको नयाँ नाम ‘गंगादेव’र केन्द्र सुकाओडारबाट साम्धारा सार्न प्रस्ताव गरिएपछि सर्वसाधारणले विरोध गरेका हुन् । गाउँपालिकाको फेरिएको नयाँ नाम सशस्त्र द्वन्द्वका क्रममा मारिएका माओवादी कार्यकर्ताद्वय गंगाकुमारी खत्री र देवबहादुर वलीको स्मृतिमा ‘गंगादेव’ राख्न अध्यक्ष वीरबहादुर खत्रीसहितले प्रस्ताव गरेका थिए । गंगाकुमारी गाउँपालिकाको अध्यक्ष खत्रीकी पत्नी थिइन् भने देवबहादुर १२ वर्षसम्म जेल बसेका पाखापानी निवासी हालका नेपाल कम्युनिस्ट पार्टीका नेता सुन्दरकुमार वलीका भाइ थिए । ती दुवै तत्कालीन राज्यपक्षका तर्फबाट मारिएका थिए । नाम फेर्न गरिएको प्रस्तावबारे देवबहादुरका दाइ सुन्दरले भने, ‘उनीहरुलाई सहिद घोषणा गराउन नसक्नेले स्थानीय तहमा सम्मान गरेजस्तो गरी नाम राख्न गरेको प्रयासलाई पूरै सकारात्मक रुपमा लिन सकिँदैन । यो विवादले उनीहरुलाई झन् विवादमा तान्ने काम भएको छ ।’ नाम र केन्द्र फेर्न गरिएको प्रस्तावको विरोधमा सुकीदहका २ र ३ नं वडा कार्यालयमा सर्वसाधारणले ताला लगाइदिएका छन् । एमाले नेता रोशन वलीको संयोजकत्वमा कांग्रेससहितका कार्यकर्ताले स्थानीय संघर्ष समिति समेत गठन गरेका छन् । जिल्लाको पश्चिमोत्तरमा पर्ने दुईखोली गाउँपालिकाको नयाँ ‘परिवर्तन गाउँपालिका’बनाउन प्रस्ताव पारित भए पनि स्थानीयले विरोध गरेका छैनन् । माओवादी सशस्त्र द्वन्द्वका क्रममा आन्तरिक विस्फोटनमा परेर मारिएका माओवादी लडाकुका एक कमाण्डर नेपबहादुर केसी ‘परिवर्तन’को स्मृतिमा उक्त गाउँपालिको नाम फेरिएको अध्यक्ष नीमकान्त डाँगीले बताए । उनले युद्धमा मारिएका र योगदान गरेका लडाकुको नाममा गाउँपालिकाको नयाँ नाम राख्न प्रस्ताव गरिएको बताए । स्थानीय तहले प्रस्ताव गरी पठाएको नाम मन्त्रिपरिषद्ले निर्णय गरी राजपत्रमा प्रकाशित भएपछि मात्रलागू हुनेछ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis