Incident Reports

राजधानी माग्दै आन्दोलन

2017-12-31

Sudurpashchim, Doti, Dipayal Silgadi

प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने मागसहित संघर्ष समिति आन्दोलित भएको छ । समितिले प्रत्येक दिन दिपायलमा राजधानी हुनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको छ । समितिले डोटीको पिपल्ला बजारमा आइतबार दिउँसो केही समय चक्काजाम गर्दै कोणसभा आयोजना गरेको छ । सामान्य संघर्षका कार्यक्रमले सरकारले आफूहरूका माग सम्बोधन नगरे थप कडा रूपमा कार्यक्रम सञ्चालन गरिने समितिका अध्यक्ष एवं डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए । ‘डोटी जिल्ला प्रदेश ७ का सातवटा पहाडी जिल्लाको प्रवेशद्वारका रूपमा छ’, खड्काले भने, ‘प्रदेशको राजधानी डोटीबाहेक अन्यत्र भयो भने सबै जिल्ला ठप्प गर्नेछौं ।’ समितिले पुस १७ गते पिपल्ला बजारदेखि राजपुरसम्म शान्तिपूर्ण र्‍याली र १८ गते दिउँसो १ बजे सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय राजपुरअघि दबाबमूलक साहित्यिक कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ । प्रदेश ७ को राजधानी दिपायल हुनैपर्ने कांग्रेस डोटीका क्षेत्र नं १ का सभापति विजय खड्काले बताए । ‘सबै दृष्टिबाट राजधानी दिपायल नै उपयुक्त छ’, खड्काले भने, ‘तर पनि विभिन्न आशंका तथा भ्रम सिर्जित भएका छन् ।’ दिपालयलाई प्रदेशको राजधानी बनाउन माओवादी केन्द्र डोटीसमेत प्रतिबद्धताका साथ लागिपर्ने नेता तेज डुम्रेलले बताए । ‘अरूले के भन्छन् थाहा छैन’, उनले भने, ‘राजधानी दिपायल हुनुपर्नेबाहेक अरु कुरा सुन्दैनौं ।’ तत्काल अस्थायी राजधानी दिपायल नै तोक्नुपर्नेमा आफूहरूको जोड रहेको होटल व्यवसायी संघ डोटीका अध्यक्ष दीपकबहादुर खड्काले बताए । ‘अहिले अस्थायी राजधानी तोकिएपछि मात्र पछि स्थायी सम्भव छ । अहिल्यै दिपायलको विकल्प खोज्न थाल्दा परिणाम दुःखद हुनेछ’, उनले भने । भौगोलिक केन्द्र, राजनीतिक तथा ऐतिहासिक निरन्तरता, भौतिक पूर्वाधारलगायत सबै दृष्टिले राजधानीका लागि दिपायलको विकल्प नरहेको डोटीका नेता पूर्ण कठायतले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis