Incident Reports

प्रदेश नम्बर ७ को राजधानी दिपायल माग्दै डोटीमा बन्द

2018-01-03

Sudurpashchim, Doti, Dipayal Silgadi

प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीमा बुधबार बिहानैदेखि चक्का जाम भएको छ । आन्दोलनकारीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा बिहानैदेखि टायर बालेका छन् । चक्का जामका कारण सिलगढी, बाजुरा तथा अछामबाट तराईका लागि छुटेका गाडी रोकिएका छन् । राजधानी माग गर्दै संघर्ष समितिले एकहप्तादेखि शान्तिपूर्ण र्‍याली आयोजना गर्दै आए पनि त्यसको सुनुवाई हुनुको सट्टा राजधानी धनगढीका लागि सिफारिस गरिएको भन्दै चक्का जाम सुरु भएको हो । आन्दोलनकारीले ढुंगा, मुढा राखेर बाटो अबरोध गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dadheldhura

0 Comments

Related Trend Analysis