Incident Reports

डोटीमा आन्दोलनकारीद्वारा मोटरसाइकल जलाइयो

2018-01-03

प्रदेश नम्बर ७ को राजधानी डोटी हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले एक मोटरसाइकलमा आगजनी गरेका छन्। डोटी जिल्ला सदरमुकाम सिलगढीमा मोटर साइकलमा आगजनी गरिएको हो। ७ नम्बर प्रदेशको राजधानी डोटी बनाउन माग गर्दै आएका आन्दोलनकारीले बन्दको अबज्ञा गरेको भन्दै से १ प ८८६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन्। प्रदेशको अस्थायी राजधानीका विषयमा सिफारिस समितिले प्रदेश नम्बरको ७ को राजधानी कैलाली सिफारिस गरेको भन्दै सो निर्णयको विरोधमा डोटीमा आन्दोलन चर्किएको हो। सरकारले साविकको क्षेत्रीय सदरमुकामलाई उपेक्षा गर्दै धनगढी राजधानी बनाउन खोजेको भन्दै डोटीमा आज बन्दको आह्वान गरिएको छ। बन्दका कारण यातायातका साधन पूर्णरुपमा ठप्प भएका छन्। लामो तथा छोटो दुरीका यातायात साधन रोकिएका छन्। १२ गतेदेखि एक हप्तासम्म शान्तिपुर्ण रुपमा सञ्चालनमा रहेको आन्दोलन मंगलबारदेखि आन्दोलन उग्र बन्दै गएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire , Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , INSEC , Local Newspaper - Kanchanpur , Local Newspaper - Dadheldhura

0 Comments

Related Trend Analysis