Incident Reports

गाउँपालिकाको केन्द्र माग गर्दै सल्यानवासी आन्दोलित

2017-12-25

Province 1, Solukhumbu, Nechasalyan

गाउँपालिकाको केन्द्र माग गर्दै सोलुखुम्बु सल्यानका स्थानीयहरू आन्दोलित बनेका छन्। सल्यानका स्थानीयवासीले नेचा सल्यान गाउँपालिकाको केन्द्र सल्यानमा राखिनुपर्ने माग राखेका छन् । राज्य पुनर्संरचनामा गाउँपालिकाको केन्द्र नेचामा राखिएको र सोही केन्द्र आफूहरूलाई अपायक परेको भन्दै सल्यानमा केन्द्र कायम गर्न माग राख्दै गएको पौष १० गतेदेखि आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा रहेका सल्यानका स्थानीय केन्द्रको माग राख्दै स्थानीय विकास मन्त्रालय सम्म गुहार्न पुगेका छन्। आन्दोलन थालेका स्थानीयले सल्यानमा गाउँपालिकाको केन्द्र स्थापनाको लागि संघर्ष समिति समेत गठन गरेका छन्। कृष्ण गौतमको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरेको स्थानीय अर्जुन राईले जानकारी दिए। राज्य पुनर्संरचनाको क्रममा नेचा सल्यान गाउँपलिकाको केन्द्र नेचा तोकिएको छ। राईले भने, ‘हामीलाई अपायक स्थानमा केन्द्र राखिएको छ, पायक पर्ने स्थानमा राखिनुपर्ने हाम्रो माग हो त्यसैले हामी संघर्षमा उत्रिनु पर्यो ।’ स्थानीय अगुवा केशर राईले भने, ‘ गाउँपालिकाको केन्द्र सल्यानमा नराखिए जस्तोसुकै आन्दोलन गर्न हामी तयार छौँ।’ स्थानीय जस बहादुर राई भन्छन, ‘गाउँपालिकाको केन्द्र उपल्लो स्थानमा राखिएको छ, हामीलाई पायक पर्नुपर्यो भन्ने हाम्रो माग हो, माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ।’ संघर्ष समितिका संयोजक कृष्ण गौतमले भने, ‘तिंला र नेचा क्षेत्रका स्थानीयलाई पनि पायक पर्ने हुँदा सल्यानमा गाउँपालिकाको केन्द्र राख्नुपर्ने हाम्रो माग हो र हुनुपर्छ पनि।’ ‘नेचा जान अपायक पर्छ सल्यानवासीलाई, आन्दोलन समितिका अर्थ संयोजक समेत रहेका प्रकाश भट्टराईले भन्छन, ‘ओखल्ढुंगाको सीमानामा पर्ने नेचामा हामी सल्यानवासी जान तयारी छैनौँ ।’ संघर्ष समितिले केन्द्र नेचाको पल्लोछेउमा राखेकै कारण तिङलाका स्थानीयले प्रशासनिक दुर्गमतालाई मुद्दा बनाएर आन्दोलन गरिरहेको निष्कर्ष निकाल्दै सल्यान क्षेत्रमा गाउँपालिकाको केन्द्र सारे तिङलाको भूभागलाई नेचासल्यान गाउँपािलका भित्रै समावेश गर्न सकिने तर्क पेश गर्दै आएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis