Incident Reports

गोलीसहित युवक पक्राउ

2017-12-24

Madhes, Rautahat, Gaur

एसएलआर हतियारमा लाग्ने गोलीसहित रौतहट प्रहरीले एकजनालाई शुक्रबार पक्राउ गरेको छ। शंकास्पद अवस्थामा हिडिरहेको गौर नगरपालिका ४ का २४ बर्षीय राजनकुमार यादवलाई छेक जांच गर्दा एसएलआर बन्दुकमा लाग्ने १ राउण्ड गोली र एउटा पेचकस सहित प्रहरीले पक्राउ गरेको हो। घातक हतियारमा लाग्ने प्रतिबन्धित गोलीसहित पक्राउ परेका यादवलाइ नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बिहिबार मात्रै सशत्र प्रहरीले एयरगन र त्यसमा लाग्ने ११ थान गोलीसहित एकजनालाई पक्राउ गरेको थियो।
Local Newspaper - Dhanusha

0 Comments