Incident Reports

गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा उत्रिएका स्थानीयद्वारा सवारीसाधन तोडफोड

2018-01-05

Gandaki, Gorkha, Bhimsen, Ward 4

भिमसेन गाउँपालिकाको केन्द्र सार्ने तयारी भएको भन्दै विरोधमा उत्रिएका भिमसेन गाउँपालिका-४ वगुवाका स्थानीयहरूले पुस २१ गते ट्याक्टर र मोटरसाइकल तोडफोड गरेका छन् । चार दिनदेखि चरणबद्घ आन्दोलनमा उत्रिएका स्थानीयहरूले पुस २१ गते गाउँपालिका बन्दको आह्वान गरेका थिए । सोही क्रममा बन्दको अवज्ञा गरेको भन्दै ना १२ प ९०१० नम्बरको मोटरसाइकल र लु ४ त ३६६३ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनीका कारण ट्याक्टर र मोटरसाइलमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । स्थानीयहरूले पुस २० गते गाउँपालिकाको अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण गाउँपालिकाको काम ठप्प छ । गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले सरसल्लाह बिनै केन्द्र घ्याम्पेसाल सार्न लागेकाले आफुहरू विरोधमा उत्रिएको वगुवाका वडा अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले जानकारी दिए । गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले भने बहुमत सदस्यको सहमतिमै केन्द्र सार्ने तयारी गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire , Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
INSEC

0 Comments

Related Trend Analysis