Incident Reports

गाउँपालिकाको केन्द्र परिवर्तनको विरुद्धमा आन्दोलन

2018-01-01

Lumbini, Pyuthan, Gaumukhi, Ward 5

गाउँपालिकाको केन्द्र परिवर्तनको विरुद्धमा गौमुखी गाउँपालिका–५ स्थित ठूलाबेसी बजारका स्थानीय आन्दोलनमा उत्रिएका छन् । गाउँसभाको बैठकले सोमबार ठूलाबेसीबाट केन्द्र परिवर्तन गरी वडा नम्बर ४ स्थित पूजा लिवासेमा सार्ने निर्णय गरेपछि स्थानीयले विरोध जनाएका हुन् । लिवासेमा केन्द्र राख्ने गाउँसभाबाट बहुमत आएको छ । मतदान अनुसार गाउँपालिकाको हाल संचालन भएको कार्यालय ठूलाबेसी बजारमा २० र लिवासेका लागि १७ मत प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी गराए । उनका अनुसार ठूलाबेसी र लिवासे करिब डेढ किलोमिटर दुरीको अन्तरमा छन् । ‘बहुमतले जहाँ तोक्छ त्यही केन्द्र रहन्छ’,गिरीले भने,‘यसका विरुद्धमा उत्रिनु राम्रो होइन, ।’ विरोधमा उत्रिएका ठूलावेसीका स्थानीयले मंगलबार बिहानैदेखि यातायात, बजार र विद्यालय ठप्प पारेका छन् । गाउँपालिकाको कार्यालयमा ताला लगाइएको छ । साविकका अर्खा, रजवारा, पुजा, खुङ, लिवाङ(१–६) र नारीकोट गाविस गौमुखी गाउँपालिकामा समावेश भएका छन् । केन्द्र तोक्न अध्ययनका लागि खटिएको प्राविधिक टोलीले समेत ठूलावेसीलाई उपयूक्त स्थान छनौट गरेको स्थानीयले जनाएका छन् । आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने स्थानीय व्यवसायी जनक केसीले बताए । उनका अनुसार आक्रोशित स्थानीयले ठूलावेसी बजार नजिकै सडकमा रुख तेस्राएर सडक अवरुद्ध गरेका छन् । प्राविधिक टोलीले तोकेकै स्थानमा केन्द्र हुनुपर्ने स्थानीयको माग छ । ठूलावेसीमा बजार विस्तार भइसकेको छ । लिवासेमा हाल पूजा हेल्थोष्ट र प्रहरी चौकी मात्र संचालनमा रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Female Injured 00
National/Online Media

0 Comments

Related Trend Analysis