Incident Reports

आज पनि धनकुटा बन्द

2018-01-11

१ को राजधानी हुनु पर्ने माग राख्दै आन्दोलनरत स्थानीयले एक महिना अघिदेखि चरणबद्ध आन्दोलनका गतिविधि गर्दै आएका छन्। लगातार ६ दिनसम्म आमहड्ताल गरिएको धनकुटामा विगत २ दिन अघिदेखि आन्दोलनको स्वरुप बदल्दै अन्य गतिविधि गरिएको थियो। तर आज पुन: बन्द आव्हान गरिएपछि जनजीवन प्रभावित बनेको छ। बन्दका कारण धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात चलेका छैनन्। बजार, पसल, उद्योग कारखाना समेत बन्द छन्। बिहानैदेखि बन्दकर्ताले धनकुटाको जीरो प्वाइन्ट, आत्मारा ढाट, देब्रेबास लगायतका स्थानमा सडकमा सवारी साधन रोकेका छन्। आज बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश बैठक लगायतबारे निर्णय गर्ने संकेत मिलेपछि दवाव स्वरुप पुन: बन्द आव्हान गरिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।पर्याप्त भौतिक पुर्वाधार र राणाकालदेखि हालसम्मको प्रशासनिक थलो धनकुटामा प्रदेश नं १ को राजधानी घोषणा गरिनुपर्ने प्रादेशिक राजधानी बनाउ‘ अभियानका संयोजक तथा धनकुटा प्रदेश नं १ का सदस्य निरन राईले दावी गरे।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis