Incident Reports

बालुवा उत्खनन्को समाचार सङ्कलनका क्रममा पत्रकार कैनीमाथि आक्रमण

2018-01-15

Gandaki, Tanahun, Anbukhaireni, Ward 3

कान्तिपुर दैनिकका गोरखा सम्वादाता २८ वर्षीय सुदिप कैनीमाथि माघ १ गते आक्रमण भएको छ । अवैध बालुवा उत्खननको समाचारको सङ्कलनको क्रममा तनहुँ जिल्ला आँवुखैरेनी गाउँपालिका-३ मा कैनीमाथि आक्रमण भएको पीडित पत्रकारले बताए । अवैध बालुवा उत्खननमा संलग्न चार जनाको समूहमा रहेका युवाहरूले कैनीमाथि आक्रमण गरेको जनाइएको छ । उनीहरूको नाम र उमेर भने खुल्न नसकेको कैनीले बताए । कैनीको घाँटीमा चोट लागेको छ भने तस्वीर लिएको भन्दै उनको क्यामेरा उक्त समूहले फुटाइदिएको छ । ‘मोवाइल र क्यामेरा नियन्त्रणमा लिए । तस्वीर पनि आफैँ फालिदिए ।’-कैनीले भने । आक्रमणकारीलाई गिरफ्तार गरी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा माघ १ गते नै कैनीले निवेदन दिएका छन् । आक्रमणकारीको पहिचान भइसकेको र गिरफ्तार गरी कारबाही गरिने इलाका प्रहरी कार्यालय आँवुखैरेनीले जनाएको छ । पत्रकार कैनीमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ गोरखा शाखाले निन्दा र भत्सर्ना गर्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा आक्रमणकारीको पहिचान गरी कारबाही गर्न माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear , Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments