Incident Reports

मधेस आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन

2018-01-13

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 1

मधेस-थरूहट आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पीडित सङ्घर्ष समिति भारदहले हनुमाननगर कङ्कालिनी नपा-१ भारदहमा पुस २९ गते विरोध प्रदर्शन गरेको छ । भारदहको मुख्य चोकबाट निकालिएको विरोध जुलुस पोर्ताहा बजार हुँदै कङ्कालिनी मन्दिरसम्म पुगेर पुनः भारदह चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अधिवक्ता मोहन कर्णले सरकारले अबिलम्ब प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै मधेस आन्दोलनको घटनाका पीडितहरूले चुप लागेर बस्न नहुने र दबावमूलक कार्यक्रमहरू जारी राख्नुपर्ने बताए । काङ्ग्रेसका नेता उमेश मिश्रले सरकारले यो प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरे । यसअघिको मल्लिक आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी सरकारले दोषीलाई बचाएको भन्दै उनले दुवै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । कोणसभामा अन्य वक्ताहरूले सरकारले प्रतिवेदन सार्वजनिक नगरी दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । तराई, मधेस र थरूहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या र तोडफोडसम्बन्धी घटना छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री शेरवहादुर देउवालाई गत मङ्सिर २९ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments