Incident Reports

दीपायललाई राजधानी माग गर्दै डोटी बन्द

2018-01-17

प्रदेश नम्बर ७ को राजधानी दीपायल तोकिनु पर्ने माग गर्दै आन्दोलनकारीले बुधबारदेखि डोटीमा फेरि बन्द गरेका छन् । बन्दका कारण डोटीको जनजीवन प्रभावित बनेकोे छ । सरकारी कार्यालय, विद्यालय, कलकारखाना तथा यातायातका साधन ठप्प भएका छन् । आन्दोलनकारीहरुले बिहानैदेखि सडकमा नाराबाजी गरिरहेका छन् । ७ नम्बर प्रदेशको मुख्य केन्द्र बिन्दु रहेको दीपायलमा राजधानी बनाउनुको सट्टा सरकारले राजधानी धनगढीका लागि सिफारिस गरिरहेको भन्ने आरोप लगाउदै राजनीतिक दल, व्यापारी, उद्योगी तथा स्थानीय बासिन्दा रहेको संघर्ष समितिले डोटी बन्द गरेको हो । समितिले यसअघि पनि बन्द गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Female Abducted 00
National/Online Media , Local Newspaper - Dadheldhura

0 Comments

Related Trend Analysis