Incident Reports

सरकारको निर्णयको विरोधमा वीरगन्ज बन्दको घोषणा

2018-01-18

Madhes, Parsa, Birgunj

सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेपछि देशका विभिन्न ठाउँमा बिरोध सुरु भएको छ । प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन सुरु भएको छ । स्थानीय, नेता कार्यकता तथा अगुवाहरुले विरगन्ज बन्दको आह्वान गरेका छन् । बजारका चोक-चोकमा जम्मा भएर उनीहरुले २ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने माग गरेका छन् । आन्दोलनकारीले एउटा निजी कारमा क्षति पुर्याएका छन् । बन्दका कारण वीरगन्ज क्षेत्रको जनजिवन प्रभावित भएको छ । उक्त क्षेत्र भएर गुड्ने यातायातका साधन प्रभावित भएका छन् । सरकारले वीरगन्जलाई उपेक्षा गरेको भन्दै राजधानीको विषयमा पुर्नबिचार गर्न उनीहरुले माग गरेका छन् । मन्त्रीपरिषद बैठकले बुधबार २ नम्बर प्रदेशको राजधानी जनकपुर तोकेको छ । जनकपुरवासीले भने सरकारी निर्णयको स्वागत गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis