Incident Reports

दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

2018-01-18

Sudurpashchim, Doti, Dipayal Silgadi

सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन सुरू भएको राससले जनाएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुङ्गामुढा, तोडफोड र आगजनी गर्न थालेपछि माघ ४ गते प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ । दोहोरो झडपमा परी चार जना आन्दोलनकारी, पाँच जना नेपाल प्रहरी र चार जना सशस्त्र प्रहरीका जवान घाइते भएको जिल्ला प्रहरी कार्यालयमा डिएसपी शिवबहादुर सिंहले बताए । घाइतेमध्ये दीपायल सिलगढी नगरपालिका–४ का भरत विकको अवस्था गम्भीर भएकाले उपचारका लागि उनलाई धनगढी पठाइएको छ । यस्तै केआइसिंह– ७ का करी भण्डारी, दीपायल सिलगढी नगरपालिका–१ का नारायण खड्का र पुष्कर द्वारिया घाइते भएका छन् । उनीहरुको उपचार दीपायलस्थित सुजङ्ग अस्पतालमा भइरहेको छ । अन्य दर्जनौँ मानिसलाई चोटपटक लागेको छ । हजारौँको सङ्ख्यामा आएका आन्दोलनकारीको भीडमा बढीजसो महिला छन् । आक्रोशित आन्दोलनकारीले तीन ओटा प्रहरी बिट र सडक कार्यालयको टिपरमा समेत तोडफोड गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 13
INSEC , National/Online Media , Local Newspaper - Kanchanpur , Local Newspaper - Banke , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis