Incident Reports

स्थानीयवासीद्वारा इप्रका सेढवा घेराउ

2018-01-12

Madhes, Parsa, Parsa

प्रहरी ज्यादतीविरुद्ध इलाका प्रहरी कार्यालय, सेढवालाई शुक्रवार स्थानीयवासीले घेराउ गरेका थिए। इप्रका सेढवाका प्रहरी नायब निरीक्षक विमलकुमार शाहीले स्थानीयवासीसंग अभद्र व्यवहार गरेको र चेकजांचको बहानामा दुख दिएको भन्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय सेढवा घेराउ गरेका छन्। सेढवा बजारबाट तरकारीलगायतका घरायसी सामान खरिद गरेर घर फर्किरहेको स्थानीयवासीलाई चकजांचको वहानामा इलाका प्रहरी कार्यालय सेढावाका प्रहरीले रोकेर दुख दिएको भन्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय सेढवा घेराउ गर्दै प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments