Incident Reports

उपेन्द्र यादवको विरोधमा वीरगञ्जमा प्रदर्शन

2018-01-21

Madhes, Parsa, Birgunj

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विरोधमा वीरगञ्जमा प्रदर्शन गरिएको छ । प्रादेशिक राजधानीको माग गर्दै आन्दोलनमा रहेको संघर्ष समितिले कालो झण्डा सहित टायर बालेर यादवको विरोधमा नाराबजी गर्दै प्रदर्शन गरेका हुन् । संघर्ष समितिका सह संयोजक एवं पूर्व सांसद राजकुमार गुप्ता नेतृत्वमा रहेका प्रदर्शनकारीहरुले वीरगञ्जलाई प्रदेश राजधानी बनाउन असहयोग गरेका कारण उपेन्द्र यादवको विरोध गर्नुपरेको बताएका छन् । संघर्ष समितिको शनिबार बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्ज प्रवेश निषेध गर्ने निर्णय गरेको थियो । नेता यादवको विरोधमा नाराबाजी गर्दै घण्टाघरमा प्रदर्शन भएपनि नेता यादव भने अर्को बाटो हुँदै नगरसभा स्थल ‘टाउन हल’ पुगेर नगरसभाको उद्घाटन गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis