Incident Reports

बन्दकर्ताद्वारा पत्रकारमाथि दुर्व्यवहार

2018-01-20

Lumbini, Dang, Lamahi

अस्थायी राजधानीको माग गर्दै दाङको लमहीमा भएको विरोध प्रदर्शनको रिपोटिङका लागि गएका घोराही उपमहानगरपालिका-१५ का ३७ वर्षीय फोटो पत्रकार कुलदीप न्यौपाने, नयाँ युगबोध दैनिकका सहसम्पादक ३५ वर्षीय नरेन्द्र केसी, जनउभार साप्ताहिकका कार्यकारी सम्पादक ३० वर्षीय डिल्ली मल्ल र खबर टोकरी डटकमका सम्पादक/प्रकाशक ३५ वर्षीय आजाद खड्कालाई आन्दोलनकारीहरूले दुर्व्यवहार गरेका छन् । रा १ त ४३३ नम्बरको स्कर्पियो जिपमा माघ ६ गते लमही पुगेका पत्रकारहरूलाई बन्दमा गाडी चलाउन नपाइने भन्दै प्रेस लेखेर टाँसिएको व्यानर समेत च्यातेर फालिदिएका थिए । आन्दोलनकारीहरूले गाली गलौज गर्दै मार्ने धम्की दिएको नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसीले बताए । गाली गलौज र धम्क्याउने र प्रेस लेखेको व्यानर समेत च्यातिदिएपछि पत्रकारहरू लमही चौराहाबाटै घोराही फर्कन बाध्य भएको केसीले बताए । स्वतन्त्र रूपमा समाचार सङ्कलन गर्ने वातावरणमा अवरोध सिर्जना नगर्न पत्रकारहरूले आन्दोलनकारीसँग आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments