Incident Reports

गाउँपालिकाका अध्यक्षले कर्मचारी कुटे

2018-01-24

Bagmati, Sindhupalchok, Sunkoshi

काम सम्पन्न नभएको योजनाको भुक्तानी गर्न नमानेपछि गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् । सुनकोशी गाउँपालिकाको प्रमुख श्रवणकुमार जिसीले प्रशासकीय अधिकृत प्रमोद तिमिल्सिनालाई मंगलबार दिउँसो उनकै कार्यकक्षमा हातपात गरेका थिए । गाउँपालिकाको भिलेज प्रोफाइल निर्माणका लागि यसअघि गाउँकार्यपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । भिलेज प्रोफाइल नै निर्माण नभइ गाउँपालिका अध्यक्ष जिसीले ७ लाखको चेक काट्नु भनेपछि अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो । ‘मैले नियम विपरीत काम गर्दिन भनेँ, अध्यक्षज्यूले गर्नुपर्छ भनेर भन्नुभयो, मैले नमान्दा ममाथि दुर्व्यवहार भयो’ प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले भने । अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएपछि अरु कर्मचारीलाई अध्यक्षले कोठा बाहिर निस्कन भनेका थिए । कर्मचारीलाई निकालेर उनले अधिकृतमाथि कुटपिट गरेको बताइएको छ । घटनालगत्तै गाउँपालिकामा बस्न नसक्ने भन्दै तिमिल्सिना स्थानीय विकास मन्त्रालय गएका छन् । फोनमा उनले आफूमाथि चरम दुर्व्यवहार भएको बताए । उनले स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासनमा रहेका आनन्द ढकाललाई घटनाको बारेमा सबै जानकारी गराएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पनि घटनाको बारेमा जानकारी गराइएको छ । प्रमुख जिल्ला अधिकारी तामाङले भने लिखित रुपमा घटना दर्ता गर्न आफूले भनेको जानकारी दिए । सुनकोशी गाउँपालिकाले यसअघि आफ्नो गाउँपालिका भित्रका सबै विद्यालय व्यवस्थापन समिति समेत विघटन गरेको थियो । यसमा समेत प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले असहमति जनाएका थिए । तिमिल्सिना पनि सोही गाउँपालिकाका स्थायी बासिन्दा हुन् । घटनाबारे गाउापालिकाका अध्यक्ष जिसीसाग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Issues related to corruption (other than tenders)
Secondary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments