Incident Reports

सरस्वती पूजा नगरेको भन्दै विद्यालयमा तालाबन्दी

2018-01-24

Madhes, Parsa, Birgunj

स्थानीय युवाहरुले बिहीबार पर्साको पोखरीया नगरपालिका ९ चौकिया बैरियाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा प्रधानाध्यापकको कोठामा तालाबन्दी गरेका छन् । पठन पाठन नियमित नभएको, शिक्षक नियमित नआउने र सरस्वती पूजामासमेत कुनै कार्यक्रम नगरेको भन्दै स्थानीय युवाहरुले प्रधानाध्यापक रामपूजन कुर्मीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । स्थानीय युवा धर्मेन्द्र पटेलले विद्यालयमा शिक्षक नियमित नआउने र सरस्वती पूजासमेत नगरेकोले तालाबन्दी गरेको बताए । ‘विद्यालयमा प्रअ एवं शिक्षकहरुको लापरबाही बढ्दै गएको छ । नियमित विद्यालय नै आउँदैनन्’ उनले भने ‘विद्याकी देवी सरस्वतीको पूजामा समेत कुनै कार्यक्रम भएन ।’ प्रधानाध्यापक रामपूजन प्रसाद कुर्मीले भने विद्यार्थीहरुले चासो नदिएको र आफू पनि व्यस्त भएकोले सरस्वती पूजामा कार्यक्रम नभएको बताए । ‘म प्रधानाध्यापकहरुको भेलामा सहभागी हुन चितवन गएको थिएँ, विद्यार्थीहरुले पनि चासो दिएनन्’ उनले भने ‘त्यसैले सरस्वती पूजामा कार्यक्रम हुन सकेन ।’ उनले आफूहरु विद्यार्थीहरुलाई पढाउन आएको भए पनि पढाउने वातावरण नबनेको र छलफल भइरहेको बताए । १ सय ५० जना विद्यार्थी अध्ययनरत विद्यालयमा प्रअ, समेत गरी ५ जना शिक्षक कार्यरत छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments