Incident Reports

सदरमुकाम सार्ने निर्णयको विरोधमा आन्दोलन

2018-01-25

(PR) जिल्ला सदरमुकाम सार्ने निर्णय गरिएपछि रुकुमकोटबासी आन्दोलीत भएका छन् । देशको कान्छो जिल्लाको मान्यता पाएको रुकुम पूर्वको सदरमुकाम अन्यत्रै सार्ने मन्त्रिपरिषद्को निर्णय गलत भएको भन्दै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट र त्यस आसपासका सर्वसाधारण आन्दोलीत भएका हुन् । बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा रहेको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडामा सार्ने निर्णय गरेको छ । उक्त निर्णयको विरोधमा रुकुमकोटबासीले बिहीबार रातिदेखि जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् भने राति मसाल जुलुस पनि निकालेका थिए । रुकुमकोटबाट जिल्ला सदरमुकाम गोलखाडा सार्न नदिन सडक अवरुद्ध गरेको स्थानीय केशवचन्द्र समालले बताए । ‘सबैलाई न्याय हुने गरी भएको सदरमुकाम अन्यत्रै सार्नु भनेको जनतालाई दु:ख दिनु हो,’ उनले भने, ‘यस विरुद्ध हामी जिल्लाबासी आन्दोलीत भएका छौं ।’ राति नै आवश्यक सरसामान सार्नसक्ने भन्दै कतिपय स्थानीय रातिदेखि नै जिल्ला प्रशासन कार्यालयको प्रांगणमा बसेका छन् भने कतिपय सडकमै बसेका छन् । उनीहरुले रुकुमकोट प्रवेश र रुकुमकोटबाट बाहिरीने सबै सडक बन्द गरेका छन् । रुकुमकोटस्थित जिल्ला अदालत बाहेक सम्पूर्ण सरकारी कार्यालयमा बिहानै तालाबन्दी गरिएको छ । प्रधामन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्ने तयारी गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले आफू सर्वसाधारणको घेराबन्दीमा परेको बताए । ‘म मन्त्रिपरिषद्को निर्णय बाहिर आउन वित्तिकै घेराबन्दीमा छु,’ प्रजिअ सापकोटाले भने, ‘रातभर सुत्न पनि पाइएको छैन, निर्णयको विरोधमा सर्वसाधारणहरु बाटो बन्द गरेर बस्नुभएको छ ।’ २०७२ साल असोज ३ गते जारी भएको संविधानमा साविकको रुकुम जिल्लालाई दुई छुट्टाछुट्टै प्रदेशमा राखिएको थियो । गत असोज २० गतेदेखि रुकुम पूर्वले छुट्टै जिल्लाको रुपमा कामकाज गर्न थालेको थियो । रुकुमकोट साविक रुकुम जिल्लाको सदरमुकाम पनि थियो । २०१९ सालमा स्थापना भएको सदरमुकाम २०३० सालमा मुसीकोट सारिएको थियो । साविक जिल्लाको सदरमुकाम सारिएको ४४ बर्षपछि रुकुमकोटलाई छुट्टै जिल्लाको सदरमुकाम बनाइएपनि त्यो धेरै समय टिक्न नपाउने स्थिति आएको स्थानीयले बताएका छन् । यस अघिको सदरमुकाम जवरजस्त सारिएपनि अब भने कुनै पनि हालतमा सदरमुकाम सार्न नदिने भनाई उनीहरुको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis