Incident Reports

अधिवेशन माग गर्दै हेटौडामा विरोध जुलुस

2018-01-19

मकवानपुर जिल्ला फुटबल संघको निर्वाचनसम्बन्धि विवादले हेटौडामा दैनिकजसो नयाँ मोड लिइरहेको छ। संघले माघ ४ गते बिहिबारका लागि तोकेको अधिवेशन केन्द्रीय प्रतिनिधि अनुपस्थित भएको भन्दै मानवअधिकार प्राप्त दुई जमर्को गरेसंगै यहाँको फुटबल विवादले अझै उग्ररुप लिएको हो। संघमा यसअघिको निर्वाचन निर्देशिका अनुसार नौवटा क्लबले मतदान गर्न पाउने भएपनि पुन: रातारात चलखेल गरी अर्को निर्देशिका ल्याएर सातवटा क्लबले मात्र मतदान गर्न पाउने बताएसंगै जिल्लामा विवाद अझै बढेको हो। संघको यसअघिको निर्णयअनुसार पिप्ले युवा क्लब, महाविर क्लब, एफसी पोताला, पदमपोखरी युवा क्लब, एफसी चाइना, एफसी इन्टरनेट, हटिया स्पोर्ट्स एकेडेमी, सिटि इन्टरनेट पशुपति नगर युवा क्लबले मतदान गर्न पाउने बताइएको थियो। तर, संघले बुधबार मात्र नयाँ नर्वाचन निर्देशिका प्राप्त भएको भन्दै पिप्ले युवा क्लब र महाबीर क्लब मताधिकारबाट बन्चित भएको बताइएको छ। जिल्लामा तोकिएको समयमा अधिवेशन गराउनका लागि खेलकुद मन्त्रालय, अखिल नेपाल फुटबल संघम स्थानीय प्रशासन, जिल्ला खेलकुद बिकास समिति र सरोकारवालाले निर्देशन दिंदा समेत बेवास्ता गरी तोकिएको समयमा निर्वाचन गराउन नसकेको आरोप बुधबार आयोजित भेलामा लगाएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None , None
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Other state institutions , Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments