Incident Reports

No translation available.

2018-01-27

Bagmati, Chitawan, Bharatpur, Ward 1

प्रहरीसँगको दोहोरो फायरिङको क्रममा डिल्लिबजार कारागारबाट फरार एक कैदी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माघ १३ गते शनिबार भरतपुर महानगरपालिका-१ रामनगरमा साँझ ५ बजेको समयमा चेकजाँच गर्दा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४७ प ५०५२ नम्बरको मोटरसाइकलका चालक रामेछाप दोरम्बाका ३० वर्षीय टीका थापामगर प्रहरीको गोली लागी घाइते भएका हुन् । उक्त समयमा दोहोरो फाइरिङ हुँदा घटनामा प्रहरीले समेत ९ राउण्ड गोली प्रहार गरेको थियो । केही समय रामनगरको वातावरण आतङ्कित बनेको थियो । घाइतेको मगरको उपचार चितवन मेडिकल कलेजमा भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले बताए । मोटरसाइकलको पछाडि बसेका व्यक्तिले चेकजाँचको क्रममा गोली चलाएपछि दोहोरो फायरिङ भएको थियो । पछाडि बसेका व्यक्ति भने फरार रहेको डिएसपी ढकालले बताए । चितवन प्रहरी र महानगरीय प्रहरी अपराध महाशाखको संयुक्त चेकजाँचको क्रममा उक्त घटना भएको उनको भनाइ छ । प्रहरीका अनुसार यही माघ ४ गते डिल्लीबजार कारागारबाट उनी फरार भएका थिए । उनी ०६४ सालबाट विभिन्न घटनामा संलग्न रहेको र पटकपटक जेलसमेत परेको प्रहरीको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms , Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Criminal Criminal
Actor 2 - Youth noyouth
Total Injured 2
INSEC , Local Newspaper - Chitwan

0 Comments