Incident Reports

आपराधिक समूहलाई फासी दिन माग

2018-01-19

Province 1, Morang, Biratnagar

बिराटनगरका व्यापारीले समूहगत आपराधिक क्रियाकलाप गर्नेलाई सफाया गर्नु पर्ने माग गरेका छन्।नेपालको संविधानमै नभएको सजायको माग गर्दै व्यापारीले बिहिबार बिराटनगरमा प्रदर्शनसमेत गरे।बिराटनगरका व्यापारी पशुपति भगतमाथि केहि दिनअघि भएको सांघातिक अकरमणमा संलग्नलाई कारबाही गर्नुपर्ने र अकरमणकारी समूहगत अपराधीको सफाया गर्नुपर्ने उनीहरुले माग गरेका हुन्।बिराटनगरको सब्जीमण्डी तथा गुद्री बजार व्यवस्था समितिको अगुवाईमा व्यापारीले बिराटनगरमा प्रदर्शन गरेका थिए।पोस्टर,ब्यानर र पम्प्लेटसहित निकालिएको दबाबमूलक रयालीका सहभागीले अपराधीलाई मृत्यु दण्डको माग गरेका हुन्।गुद्रीबजार व्यवस्था समितिका सचिव शाहाब अहमद गुडडु र अध्यक्ष कुशहरी शर्मा भट्टराईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडी पनि प्रदर्शन भएको थियो।प्रदर्शनपछी प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले आक्रमणकारीलाई कडा कारवाही गर्न माग गरे।व्यापारीहरुले अपराधीलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने,घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने,राजनीतिक दलभित्रका अपराधीको सदस्यता खारेज गर्नुपर्ने,बिराटनगरमा विशेष सुरक्षा योजना लागुगर्नुपर्ने उल्लेख गरिएका प्लेकार्ड प्रदर्शन गरे।भगतमाथि गत माघ ५ गते शुक्रबार सांघातिक आक्रमण भएको थियो ।प्रहरीले घटनाका मुख्य युजनाकार भने नेकपा एमालेको कार्यकर्तासमेत रहेका र विगतदेखि नै गुण्डागर्दीमा संलग्न रहेका एलिश गुरुङ रहेको बताएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments