Incident Reports

गङ्गामाया आजदेखि पुन: आमरण अनसनमा

2018-01-30

Bagmati, Kathmandu, Kathmandu

” न्यायका लागि सङ्घर्षरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले सहिद दिवसको दिन पारेर माघ १६ गतेबाट पुन: आमरण अनसन बस्ने उद्घोष गरेकी छन् । यसअघिका पत्रकार भेटघाटमा भन्दा आज उनी निकै भावुक बनेकी थिइन् । विर अस्पतालमा उपचारसहित न्यायिक अभियानमा रहेकी अधिकारी आज आयोजित पत्रकार सम्मेलनमा बोल्नका लागि निकै बेर तयार हुनै सकिनन् । “देशकै लागि मैले छोरा र पति गुमाएकी छु । म पनि सहिदकी आमा हुँ । सहिदकी पत्नी हुँ । सायद मेरो बाटो पनि यही नै होला । कसले सुन्नुपर्ने हो ? सुन, अब मेरो लाश यहाँबाट बाहिर जान्छ ।”-आँसु झार्दै उनले पत्रकार सामु भनिन् । पत्रकारहरूसँग कुरा गर्नु अघि नै उनले अधिकारकर्मीहरूलाई भनिन्-“आज मेरो मूल फुटेको छ, न्याय पाइएला की भनेर केही समय चुप लागेकी थिएँ । शुभचिन्तकहरूलाई पनि नआउनु भनेकी थिएँ । नआओ भन्छु आउँछन् । मलाई मर्न देउ !”-रुँदारुँदै विक्षिप्त भएकी उनले सिरानीमा भएको गीता छोएर भनिन्-“म न्यायका लागि लडेकी हुँ । न्याय नपाए मर्न तयार छु । आजदेखि पानीसमेत खान्न । आमरण अनशन बस्छु ।” उनले चिकित्सकलाई स्लाइन नदिन र निगरानीसमेत नगर्न अनुरोध गरेको बताउँदै खुल्लामञ्चमा गएर अनसन बस्ने इच्छा व्यक्त गरिन् । तर, उनको उपचारमा संलग्न डाक्टर विकास सहनीले भने गङ्गामायाले खानेकुरा खान छाडे फोक्सोमा गम्भीर समस्या देखिने तथा स्वास्थ्य अवस्था गम्भीर बन्ने बताए । उनले किटानी जाहेरी दिएका दोषी उपर कारबाही गर्न अदालतले आनाकानी गरेको भन्दै न्यायाधीशविरुद्ध पनि आक्रोश पोखिन् । न्याय पाउने देशको ढोका लगभग बन्द भएको भन्दै अधिकारीले शुभचिन्तकहरूमार्फत अन्तर्राष्ट्रिय निकायलाई गुहार गर्ने जनाउ दिइन् । इन्सेकका अध्यक्ष एवम् अधिकारकर्मी सुबोधराज प्याकुरेलले न्यायिक लडाइँमा सधैँ साथ दिने बताउँदै आफैँलाई हानी हुने गरी अनसन नबस्न आग्रह गरे । जबाफदेहीता निगरानी समितिका संयोजक एवम् अधिकारकर्मी चरण प्रसाइँले न्याय दिनुपर्ने निकायले अनदेखा गरेकाले गङ्गामाया थप विक्षिप्त बनेकी बताए । अधिवक्ता ओमप्रकाश अर्यालले भने-“गङ्गामायाले ढिलो चाँडो न्याय पाएरै छाड्छिन् ।”
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Reports