Incident Reports

बढी शुल्क लिएको भन्दै विप्लव माओवादीद्वारा शैक्षिक संस्थामा तालाबन्दी

2018-01-30

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले तुलसीपुरका चार वटा शैक्षिक संस्थामा ताल्चा लगाइदिएको छ । चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारीले सिटीईभिटीबाट सम्बन्धन लिएको भन्दै झुठो आश्वासन बाँडेर विद्यार्थीलाई ठगि गर्दै आएको भन्दै तालावन्दी गरिएको क्रान्तिकारीका दाङ जिल्ला सचिव अमर खड्काले सेतोपाटीलाई बताए। २० हजारदेखि ५० हजारसम्म शुल्क लिनुपर्ने ठाउँमा ६० हजारदेखि एकलाखसम्म रकम विद्यार्थीबाट असुलेको पाइएपछि तालावन्दी गर्नुपरेको खड्काले बताए। सिटीईभिटीबाट मान्यता प्राप्त त्यस्ता शैक्षिक संस्थाहरुले सर्ट ट्रम र टिएसएसी मात्रै पढाउने गरेको भएपनि भ्रम छर्न उनीहरुले इञ्जिनेरिङ कलेज लेखेर ब्रह्मलुट गरेको सचिव खड्काले बताए। ‘डिप्लोमा नपढाउने शैक्षिक संस्थाहरुले कलेज लेख्न पाउँदैनन् तर उनीहरुले आफूलाई इञ्जिनियरिङ कलेज लेखेर विद्यार्थी ठगिरहेका छन्,’ क्रान्तिकारीका सचिव खड्काले भने ‘नेसनल स्किल टेष्ट बोर्डको तीन महिनादेखि एक वर्षमा सकिने कार्यक्रमहरु लम्ब्याएर १८ महिनासम्म पुर्‍याउने र विद्यार्थी ठग्ने काम हुँदै आएको छ।’ दश महिनामा सकिने कार्यक्रमहरु विद्यार्थी ठग्नकै लागि १८ महिनासम्म लम्बाइएको व्यापक गुनासो आएपछि विद्यार्थीको आग्रहमा तालावन्दी गर्नुपरेको सचिव खड्काले बताए । यस्ता शैक्षिक संस्थाले दुई तरिकाले विद्यार्थीमाथि शोषण गर्दै आएको जिल्ला सचिव खड्काले दाबी गरे। छिटो सकिने कार्यक्रम लम्ब्याएर ब्रह्मलुट गरेको, कलेज जस्तै गरि इन्ट्रान्स गराएर दुईहजारदेखि पाँचहजार सम्म प्रतिविद्यार्थी असुल्ने गरेको अखिल क्रान्तिकारीका अर्का सदस्य तेजप्रशाद पोखरेलले जानकारी दिए। ‘आकर्षक विज्ञापन मार्फत गरिवका छोरा छोरी झुक्याएर प्रलोभनमा पार्ने र ब्रह्मलुट गर्दै आएको पाइएको हुँदा विद्यार्थीले तालावन्दी गरेका हुन्,’ पोखरेलले भने। नाम मात्रैका इञ्जिनियरिङ कलेजहरु बन्द गर्नुपर्ने भन्दै उनले विद्यार्थीबाट असुलेको बढी रकम फिर्ता नगर्दा सम्म आन्दोलन नरोकिने पोखरेलले बताए। क्रान्तिकारीको नेतृत्वमा तुलसीपुर बजार क्षेत्रमा सञ्चालित शान्ति दिप प्राविधिक शिक्षालय ,दिप शान्ति प्राबिधिक शिक्षालय ,मिड वेस्ट प्राबिधिक शिक्षालय, राप्ती युनाईटेड लगाएतका शैक्षिक संस्थाहरुमा अनिश्चितकालका लागि तालाबन्दी गरिएका पोखरेलले जानकारी दिए। यसैबीच सिटीईभिटीको क्षेत्रीय कार्यालय नेपालगञ्जले जिल्लामा आएर मनपरी गरिरहेका शैक्षिक संस्थाको वारेमा अनुगमन गरेर समस्या समाधान गर्न अखिल क्रान्तिकारीका जिल्ला सचिव अमर खड्काले माग गरेका छन् । चार वटा शैक्षिक संस्थामा तालावन्दी गरेपछि ईलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाले फोन गरेर सम्वन्धित निकाएलाई झिकाएर समस्या समाधान गर्ने आश्वासन दिएपछि थप शैक्षिक संस्थाहरुमा तालावन्दी रोकिएको खड्काले बताए । तालावन्दी पछि उनीहरुले तुलसीपुर बजारमा प्रदर्शन गर्नुका साथै बीपी चोकमा कोणसभा समेत गरको थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments