Incident Reports

परिक्षा रोक्न खोज्दा बिध्यार्थी र प्रहरीबीच झडप

2018-01-27

जानकी कन्या माध्यमिक बिध्यालयमा परिक्षा रोक्न खोज्दा बिध्यार्थी र प्रहरीबीच झडप भएको छ । कन्या माध्यमिक बिध्यालयमा सुपरलिंक टेक्निकल कलेजको परिक्षा रोक्नलाई बिध्यार्थी कोठाभित्र प्रवेश गर्ने क्रममा प्रहरीसित झडप भएको हो । बिध्यार्थी संगठनहरुले परिक्षा रोकेर सुपरलिंकले संचालन गर्न लागेको इडीएफ बिषयको परीक्षाको बैधानिक छानबिनको माग गर्दै शुक्रबार परिक्षा केन्द्रमा तालाबन्दी गरेका थिए । बिध्यार्थी संगठनले लगाएको ताला प्रहरीले तोडेपछि शनिबार बिध्यार्थी संगठनहरुले परिक्षा केन्द्र बाहिर नाराबाजी गरेका थिए । नाराबाजी पछि बिध्यार्थीहरु परिक्षा केन्द्र भित्र पसेर उत्तर पुस्तिका च्यातिदिएका थिए । सुपरलिंक कलेजले गत २०७३ साल असार १६ गते इडीएफ बिषयलाई पठनपाठनका लागि टि एसएलसी सरहको पढाई भन्दै ४३ जना बिध्यार्थी भर्ना गरेको थियो । तर पछि उक्त बिषयलाई लेवल टु भनेर परिक्षा संचालन गरिएपछि बिध्यार्थीहरु अन्दोलित भएका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None , None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Local Newspaper - Kanchanpur

0 Comments