Incident Reports

उद्यमीमाथि आक्रमण गरेको आरोपमा दुई पक्राउ

2018-01-26

Province 1, Dhankuta, Chhathar

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित निगाले सिमेन्ट उद्योगका सञ्चालक दिनेश पौडेलमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेललाई कुटपिट गरेको आरोपमा सोही स्थानका इन्द्र घिमिरे र भक्तबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । सिमेन्ट उद्योगबाट उत्पन्न प्रदुषण नियन्त्रण गरिनु पर्ने भन्दै गत साता उद्योग परिषरमा स्थानीयले घेराउ गर्दै प्रदर्शन गरेका थिए । सो समयमा उद्यमी पौडेलमाथि आक्रमण भएको थियो । पौडेलले दिएको उजुरीका आधारमा घटनामा संलग्न आरोपीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । कुटपिटबाट पौडेलको टाउकोमा चोट लागेको छ । पक्राउ गरिएकालाई रिहाई गरिनु पर्ने भन्दै स्थानीयबासीले गएराती सिधुवा प्रहरी कार्यालयमा प्रदर्शन समेत गरेका थिए । घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Morang

0 Comments