Incident Reports

छोरीको बिहे गर्न अनुदान माग्दै गाउँपालिका घेराउ

2018-01-24

Lumbini, Banke, Janki

छोरीको विवाहको लागि अनुदान रकम माग गर्दै स्थानीय वासिन्दाको एक समूहले बाँकेको जानकी गाउँपालिका कार्यालय घेराउ गरेको छ । गाउँपालिकाको अध्यक्षमा पराजित रामदेव मिश्रको नेतृत्वमा ६ वटै वडाका वासिन्दाले छोरीको विवाहको लागि अनुदान रकम माग गर्दै कार्यालय घेराउ गरेका हुन् । विवाह दर्ता, नागरिकता र जन्मदर्ताको प्रमाण पत्रसहित उनीहरु गाउँपालिका कार्यालय पुगेका थिए । टोली नेता रामदेवले गाउँपालिकाका वासिन्दाको छोरीको विवाहको लागि अनिवार्य रुपले अनुदान दिनुपर्ने बताए । उनले भने ‘बाटोघाटो पुलपुलेसा बन्दै गर्छ । त्यो नभए पनि हुन्छ तर, गाउँपालिकामा जन्मेका सबै छोरीको विवाहको लागि अनुदान रकम दिनैपर्छ ।’ रामदेवले गाउँपालिकाले माघ १० गते अनुदान वितरण गर्दैछ भन्ने गलत सूचना दिएर मानिस भेला गरेको गाउँपालिकाका सल्लाहकार किशोर थापाले बताए । ‘रामदेवले तीन दिन अघिदेखि गाउँपालिकाका सबै वडामा छोरीको विवाहको लागि गाउँपालिकाले १० गते आर्थिक सहयोग वितरण गर्दैछ, सबैले नागरिकता, जन्मदर्ता र विवाह दर्ताको प्रमाणपत्र लिएर रकम लिन आउनु भनेर खबर गरेको कारण सबैले नागरिकता, जन्मदर्ता लिएर गाउपालिका आएका रहेछन्’ उनले भने । स्थानीय निर्वाचनमा रामदेवले आफ्नो चुनावी घोषणा पत्रमा आफूले जितेमा गाउँपालिकाका सबै छोरीको विवाहको लागि पाँच लाख रुपैयाँ अनुदान दिने उल्लेख गरेका थिए । जानकी गाउँपालिका-४ कि अंशु सोनारले छोरीको विवाहको लागि आर्थिक अनुदान दिन लागेको खबर पाएर आफ्ना ५ नातिनीको विवाहको रकम लिन आएको बताइन् । रामदेवले छोरीहरुको विवाहको लागि गाउँपालिकामा १६ करोड रकम आएको र १० गते वितरण हुने खबर पठाएको थाहा पाएर गाउलेको साथ लागेर आएको बताइन् । ‘गाउँपालिकाले छोरीको विवाहको लागि रकम वितरण गर्दैछ भनेर आएकी हुँ । मेरा ५ वटी नातिनी छन् । बस्नको लागि घरमात्रै छ खेती केही छैन’ उनले भनिन् । राजपा नेता राजकिशोर मिश्राले गाउँपालिकाले गरिब परिचय पत्र वितरण गरी गरीब र विपन्न समुदायका छोरीहरुको विवाहको लागि रकम छुट्टयाउनुपर्ने बताए । जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले रामदेव करिब एक महिनाअघि आफ्नो दुई छोरीको विवाहको लागि वडा कार्यालय र गाउँपालिकामा आएको आफूहरुले आर्थिक सहयोग गर्न नसक्ने स्पष्ट पारेर पठाएको बताए । उनले भने ‘महिना दिनअघि रामदेव आफ्नी छोरीको विवाहको लागि गाउँपालिका र वडा कार्यालयबाट आर्थिक सहयोग माग्न आउनुभएको थियो, मैले हुँदैन भनेर पठाएँ । आज स्थानीय बासिन्दालाई विकास निर्माणको रकम विवाहका लागि वितरण गर भन्दै आउनुभएको रहेछ । मैले सबैलाई विकास निर्माणको रकम अनुदानमा दिन मिल्दैन भनेर पठाएँ ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke

0 Comments