Incident Reports

तिलाठीबाट कोइलाडी गाउँपालिका सार्न खोज्दा तिलाठीबासीको विरोध

2018-02-04

Madhes, Saptari, Chhinnamasta

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको गाउँसभाको बैठकबाट गाउँपालिका सार्न लागेको विरोधमा तिलाठीका स्थानीयबासी असन्तुष्टि जनाएका छन् । गाउँपालिका कार्यालय ‘तिलाठी’ बाट हँटाई गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको नेतृत्वमा गाउँपालिका कोइलाडी सार्ने भएपछि तिलाठी, लौनियाँ र सकरपुरा वडा नम्बर १, २, ३, ४ का बासिन्दाले बिरोध गर्दै गाउँपालिका कार्यालयमा तोडफोड तथा कार्यालयका ब्यानर तथा बोर्डहरुमा समेत आगजनी गरेका हुन् । त्यस्तै भुपु क्षेत्रपाल दबेनारायण यादवको नेतृत्वमा गाउँपालिका कार्यालयमा अनिश्चितकालिन तालाबन्दी समेत गरेको स्थानीय युवा बिटु मिश्राले जानकारी दिनुभयो । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भने गाउँ सभाको दुई तिहाई सदस्यले गाउँपालिकाको केन्द्र तिलाठीबाट कोइलाडीस्थित जिरिया हाटमा सार्न निर्णय गरेको र त्यसै अनुसार गाउँपालिकाका सार्ने काम गरिएको बताउनुहुन्छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis