Incident Reports

नगरपालिका कार्यालय सारेको निहुँमा स्थानीयवासी र प्रहरीबीच झडप, मेयरमाथि ढुंगामुढा

2018-02-14

Madhes, Rautahat, Brindaban

रौतहटको बृन्दाबन नगरपालिकाको कार्यालय सारेको निहुँमा आज स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । झडपमा परेर एक दर्जनभन्दा बढी प्रहरी र सोही संख्यामा स्थानीयवासीहरु घाइते भएका छन् । बृन्दाबन नगरपालिकाको कार्यालय वडा नम्बर २ स्थित विश्रामपुर गाउँबाट वडा नम्बर ३ स्थित हर्षचोकमा सार्ने मेयर रामसिनही यादवको निर्णयविरुद्ध स्थानीयवासीले आक्रोश पोखेका हुन् । केही दिनअघि मेयर यादवले नगर कार्यालयलाई हर्षचोकमा सार्ने निर्णय गरेका थिए । कार्यालय सारेलगत्तै स्थानीयबासीले सो कार्यालयमा तालाबन्दी गरेका थिए । स्थानीय बासिन्दाको विरोधकै बीचमा मेयर यादवले आज प्रहरीको रोहबरमा तालाबन्दी फुटाउन खोज्दा दुई पक्षबीच झडप भएको स्थानीयबासीको भनाई छ । प्रहरीसहित कार्यालय पुगेका मेयर यादवमाथि स्थानीयबासीले ढुंगामुढा समेत गरेका छन् । झडपमा दुवै पक्षका एक दर्जनभन्दा बढी घाइते भएका छन् । दुई पक्षबीचको झडपले उग्र रुप लिन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले डेढ दर्जन अश्रु ग्यास प्रहार गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी रामकुमार डानीले बताए । स्थिति तनाबग्रस्त भएपछि मेयर यादव अहिले सुरक्षा घेरामा रहेका छन् । स्थितिलाई साम्य पार्न अहिले दुई पक्षीय वार्ता सुरु भएको छ । छलफलमा प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापा, एसपी यज्ञविनोद पोख्रेल, पूर्वसांसद देवेन्द्र पट्टेल, राजनीतिक दलका प्रतिनिधिहरु र सुरक्षा अधिकारीहरुबीच सहभागि रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 30
Totally damaged Vehicles 00
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat , Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis