Incident Reports

नवलपरासीको महेशपुर भन्सार कार्यालयमा स्थानीय र प्रहरीबीच झडप

2018-02-19

Gandaki, Nawalparasi West, Palhi Nandan, Ward 1

नवलपरासी पश्चिम भारतसँग सीमा जोडीको महेसपुर भन्सारमा स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना स्थानीय बासिन्दा घाइते भएका छन्। जिल्लाको पाल्हीनन्दन गाउँपालिका –१, महेशपुरमा रहेको मूल नाका महेशपुर भन्सार कार्यालयमा कपडाको विवादलाई लिएर सोमबार स्थानीय र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम, चिन्कु निगम घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । घाइते तीनै जनाको स्थानीय मेडिकलहरुमा उपचार भैरहेको छ । महेशपुर भन्सारको गोदाममा स्टक राखिएको झण्डै ४० लाख बराबरको ५२ पोका कपडा र १५ बोरा चपरा प्रहरीले भैरहवा भन्सारमा लैजान खोज्दा केही स्थानिय व्यापारीसहित स्थानयीले अवरोध गर्न खोज्दा झडप भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोदामबाट कपडालाई ट्रकमा लोड गरी भन्सार कार्यालय भैरहवा लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन१० राउण्ड आश्रु ग्यास र १ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । स्थानीयले कपडा लोड गरेको ट्रकलाई रोक्न खोजेपछि प्रहरीले पहिला लाठी चार्ज गरेको थियो । लाठीचार्जपछि झडपको अवस्था आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments