Incident Reports

प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए

2018-02-20

Lumbini, Rupandehi, Devdaha, Ward 4

प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् । बुधबार बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले पनि मारिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले नागरिकलाई जानकारी दिए। पुन र उनका सहयोगीले रुपन्देहीमा कुनै अप्रिय घटना घटाउदै छन भन्ने सुचनाका आधारमा प्रहरीले सम्भावित इलाकामा सर्च गरेको थियो । केन्द्रिय अनुसन्धान ब्यूरो र रुपन्देही प्रहरीको टोलीले सम्भावित क्षेत्रमा पुनको खोजी गरिरहेका बेला राती ३ः३० बजे रुपन्देहीको देवदह, ४ को भवानीपुरमा पुनसहित उनका सहयोगीले प्रहरीलाई लक्षित गरी फायर खोलेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । त्यस क्रममा दुई जना घाइते भएको र उनीहरुलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पुर्याइएकोमा अस्पतालले दुवै जनालाई मृतक घोषित गरेको एसपी ज्ञवालीले जानकारी दिए । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या तथा केही समय अघि रुपन्देहीकै व्यवसायी बसन्त पौडेलको हत्यामा पुनको संलग्नता पाइएपछि प्रहरीले उनको व्यापक खोजी गरिरहेको थियो । update.......................

बुधबार प्रहरी इन्काउन्टर मारिएका गुन्डा नाइके मनोज पुन र सोमबहादुर आलेको विषयमा लिएर राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ। आयोगकी प्रवक्ता मोहना अन्सारीले घटनाको विषयमा बुटवलमा रहेको मानवअधिकारको कार्यालयलाई सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा दिइएको बताए। शाखाका अधिकृत चन्द्रकान्त चापागाइँले अनुसन्धान सुरु भइसकेको बताए। 'हामीले घटनास्थलको अवलोकन गर्दै केही आफन्तसँग कुराकानी गरिरहेका छौं,' उनले भने। आयोगले अनुसन्धान शुरु गर्ने भएपछि मृतकका आफन्तले बुधवार शव बुझेर अन्त्येष्टि गरिसकेका छन्। यसअघि उनीहरुले शव बुझ्न अस्वीकार गरेका थिए। बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका भवानीपुर ४ मा प्रहरीको इन्काउन्टरमा पुन र आलेको मृत्यु भएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Small arms , Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Killed 2
National/Online Media , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Banke

0 Comments