Incident Reports

डोटी अस्पतालका चिकित्सकमाथि सांघातिक आक्रमण

2018-02-18

जिल्ला अस्पताल डोटीमा कार्यरत डा जितेन्द्र सिंहमाथि सांघातिक आक्रमण भएको छ। आइतबार दिउँसो साढे २ बजे उनीमाथि आक्रमण भएको हो। टाउको, हात लगायतमा गम्भीर चोट लागेका सिंहको हाल सोही अस्पतालमा उपचार भइरहेको छ। उनको नाथ्री फुट्नुका साथै दाँतसमेत भाँच्चिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको कक्षमा बसिरहेको अवस्थामा आफूमाथि विजयसिंह विष्ट, टेकबहादुर विष्ट, हिक्मतबहादुर विष्ट, अरुण महत लगायतको टोलीले कुटपिट गरेको पीडित सिंहले बताए। घटनाको विरोध गर्दै चिकित्सक समाज नेपालले दोषीमाथि कारबाहीको माग गरेको छ। चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा हुने गरेका आक्रमणका दोषीउपर चाँडै कारबाही नभए आन्दोलनको चेतावनीसमेत दिइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments