The local residents of Petarwa Sugauli rural municipality-1 and Dekuli rural municipality-2 have obstructed the program by vandalizing the setting and stage of the program being conducted to announce that both rural municipality as open defecation-free areas.
The locals residents of both the rural municipality requested not to announce these rural municipalities until toilets are made.
पटेर्वा सुगौली गापा–१ सोनबर्सा र वडा नं. २ देकुलीलाई स्थानीयको अवरोधका बावजुद खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। अरुणोदय युवा क्लबले युएन हेभिटासको सहयोगमा साबिक सोनबर्सा गाविस हाल पटेर्वासुगौली गापा–१ र ३ को सोनबर्सा र देकुलीलाई आज खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम तय गरेको थियो। स्थानीयले कार्यक्रम शुरु भएपछि खुला दिसामुक्त घोषणा हुन लागेको दुवै वडामा शौचालय नभएको भन्दै शौचालय निर्माणपछि मात्र घोषणा गर्न आग्रह गर्दै कार्यक्रममा अवरोध पु¥याएका थिए। गाउँलेहरूले कार्यक्रम सम्पन्न गर्नका लागि तयार गरिएको समेना भत्काएका थिए । उनीहरूले वडा नं. १ मा १३१ घरधुरी र वडा नं. ३ मा ४५ घरधुरीमा शौचालय नभएको र विद्यालय, स्वास्थ्य चौकी, तथा गाउँका अति विपन्न, गरिबहरूको घरमा शौचालय नभएको अवस्थामा सार्वजनिक शौचालयसमेत नबनाइएको कारण खुला दिसामुक्त क्षेत्र घोषणा गरेर औपचारिकता पूरा गर्ने काम नगर्न आग्रह गरेका थिए।
गाउँलेहरूको अवरोध हटाउन कार्यक्रममा सहभागी गापा उपाध्यक्ष ममता महतोले दुई साताभित्र शौचालय निर्माण कार्य सम्पन्न गर्नेगरी हाललाई पाहुनाहरूको उपस्थितिमा बबाल नगरिदिन अनुरोध गरेकी थिइन्। तर आग्रह स्वीकार भएन र दिउँसो ३ बजेसम्म कार्यक्रम हुन दिइएन। घोषित समयभन्दा चार घण्टा कार्यक्रम हुन नसकेपछि कार्यक्रम बिथोलिएको ठानेर गाउँले फिर्ता भए। अवरोधकर्ता फर्के लगत्तै समेना पुनः खडा गरी सोनबर्सालाई खुला दिसामुक्त गाविस घोषणा गरिएको थियो।
जिल्ला समन्वय समितिका धर्मराज थापा, खानेपानी सरफाइ डिभिजन कार्यालयका रामहित यादव, युएन हेभिटाटका कार्यक्रम संयोजक सरोज चौरसिया, वडाध्यक्ष फरमान मियाँलगायतको सहभागितामा गापा अध्यक्ष हरिनारायण चौधरीले साबिक सोनबर्सा गाविस हाल सोनबर्सा र देकुली वडालाई जिल्लाको ३९ औं दिसामुक्त गाविस घोषणा गरे।
कार्यक्रममा देकुली र सोनबर्सालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको प्रतिवेदन प्रशासकीय अधिकृत बाबूराम न्यौपानेले पेश गरेका थिए। देकुली र सोनबर्सामा १०२५ घरधुरी छन्।