Incident Reports

स्थानीयको अवरोधपछि पनि सोनबर्सा र देकुली खुला दिसामुक्त घोषित

2018-02-25

Madhes, Bara, Adarshkotwal, Ward 1

३ मा ४५ घरधुरीमा शौचालय नभएको र विद्यालय, स्वास्थ्य चौकी, तथा गाउँका अति विपन्न, गरिबहरूको घरमा शौचालय नभएको अवस्थामा सार्वजनिक शौचालयसमेत नबनाइएको कारण खुला दिसामुक्त क्षेत्र घोषणा गरेर औपचारिकता पूरा गर्ने काम नगर्न आग्रह गरेका थिए। गाउँलेहरूको अवरोध हटाउन कार्यक्रममा सहभागी गापा उपाध्यक्ष ममता महतोले दुई साताभित्र शौचालय निर्माण कार्य सम्पन्न गर्नेगरी हाललाई पाहुनाहरूको उपस्थितिमा बबाल नगरिदिन अनुरोध गरेकी थिइन्। तर आग्रह स्वीकार भएन र दिउँसो ३ बजेसम्म कार्यक्रम हुन दिइएन। घोषित समयभन्दा चार घण्टा कार्यक्रम हुन नसकेपछि कार्यक्रम बिथोलिएको ठानेर गाउँले फिर्ता भए। अवरोधकर्ता फर्के लगत्तै समेना पुनः खडा गरी सोनबर्सालाई खुला दिसामुक्त गाविस घोषणा गरिएको थियो। जिल्ला समन्वय समितिका धर्मराज थापा, खानेपानी सरफाइ डिभिजन कार्यालयका रामहित यादव, युएन हेभिटाटका कार्यक्रम संयोजक सरोज चौरसिया, वडाध्यक्ष फरमान मियाँलगायतको सहभागितामा गापा अध्यक्ष हरिनारायण चौधरीले साबिक सोनबर्सा गाविस हाल सोनबर्सा र देकुली वडालाई जिल्लाको ३९ औं दिसामुक्त गाविस घोषणा गरे। कार्यक्रममा देकुली र सोनबर्सालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको प्रतिवेदन प्रशासकीय अधिकृत बाबूराम न्यौपानेले पेश गरेका थिए। देकुली र सोनबर्सामा १०२५ घरधुरी छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments